राजकुमारीको लोककथामा ‘सलीना’

असार ३१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — राजकुमारीको लोककथामा आधारित एनिमेटेड नेपाली फिल्म ‘सलीना : योद्धा राजकुमारी’ को पोस्टर सार्वजनिक भएको छ । नेपालकै पहिलो एनिमेटेड फिल्मको निर्देशन तेजसराज जोशीले गरेका हुन् । फिल्मको सम्पादन शिव पुरी र श्रुति श्रेष्ठले गरेका छन् । 

रेनमेकर एनिमेसन एकेडेमीले करिब ६ वर्ष लगाएर फिल्म निर्माण गरेको हो । फिल्मको प्रदर्शन मिति हालसम्म भने तोकिएको छैन । तर फिल्म नेपाली, हिन्दी र अंग्रेजी भाषामा यसै वर्ष रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सगीन महर्जन, अविनाश सिंह थारू र शिरभा मानन्धर ग्राफिक कलाकारका रूपमा छन् । तेजसराज जोशी र श्रुति श्रेष्ठ फिल्मका निर्माता हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully