करणले ल्याए ‘सिमाना’

जेष्ठ ३२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ —  ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईले ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

गीतको शब्द लीला सेलिङ माबोको शब्दमा रहेको गीतमा देवेश राईले संगीत भरेका छन् । गीतको भिडियोमा ‘भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी गायिका नीतु पुनको अभिनय छ ।

नीतु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो । शान थापाको निर्देशन र बुद्ध थापाको छायांकनमा गीतको भिडियो तयार भएको छ ।

सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोमा प्रेम र बिछोडको कथा समेटिएको छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully