काठमाडौँ — गायक आशिष अविरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’ को भिडियो सार्वजनिक भएको छ ।
गीतमा शिव हमालको शब्द र संगीत, आशिष अविरलको सहायक संगीत र आशिषकै मिक्सिङ, मास्टरिङ छ ।
भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतीक गौतम फिचर्ड छन् । भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईंको सम्पादन, उत्सव दाहालको छायांकन र विकास प्रसाईंको निर्देशन छ । गीतको भिडियो आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
