‘गणपति’ भदौ १४ मा

जेष्ठ ३१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्म ‘गणपति’ आगामी भदौ १४ मा रिलिज हुने भएको छ । निर्माण पक्षले मंगलबार फिल्मका एक पोस्टरसमेत सार्वजनिक गरेको छ । त्यसका साथै, त्रिनेत्रम् डिस्ट्रिब्युसनले वितरणको जिम्मा छाडेपछि सुनील मानन्धरले जिम्मेवारी लिएका जनाइएको छ । 

त्यस्तै, फिल्ममा निर्माताका रूपमा रामप्रसाद रिजाल जोडिएका निर्माण पक्षले जनाएको छ । सविन अधिकारी निर्देशित फिल्मले सामाजिक विषयवस्तु उठान गरेको छ । कुनै बेला समाजको भगवान् बनेको व्यक्तिलाई कालान्तरमा त्यही समाजले कसरी नारकीय व्यवहार गर्छ भन्ने कथा फिल्ममा देखाइएको छ । 

फिल्ममा मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिका छ । त्यसका साथै, फिल्ममा प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु मानन्धर, सुशील पोखरेल, देवेन्द्र बब्लु, कालु राना, अनिश अधिकारी, कविता न्यौपानेलगायतले अभिनय गरेका छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully