कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

‘परस्त्री’ मा प्रेम र रोमान्स

काठमाडौँ — असार १५ गते रिलिज हुने नेपाली फिल्म ‘परस्त्री’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा फिल्म निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

‘परस्त्री’ मा प्रेम र रोमान्स

फिल्मको ट्रेलरमा प्रेम र रोमान्ससँगै र बदलाका दृश्यहरू समावेश छन् । विवाहेत्तर सम्बन्धले परिवारमा आइपर्ने समस्या र त्यसपछिका जटिलताहरू ट्रेलरमा देख्न सकिन्छ । सुरज पाण्डे निर्देशन र शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्टलगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।

फिल्मको छायांकन नीरज कँडेल र सम्पादन दीर्घ खड्काले गरेका हुन् । फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका हुन् । पछिल्लो समय नेपाली समाजमा देखिएको विवाहेत्तर सम्बन्ध र त्यसले परिवारमा पारेको असर फिल्मको मुख्य विषयवस्तु हो । भारतमा पनि रिलिज हुने फिल्म हिन्दीमा समेत डब गरिएको निर्माण पक्षले जनाएको छ । यसअघि फिल्मको हिन्दी गीत पनि रिलिज गरिएको थियो । फिल्मका हिन्दी गीत अमित मिश्र, सोनल प्रधान र कुनाल गान्जावालाले गाएका थिए ।

प्रकाशित : जेष्ठ २६, २०८० ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?