‘नांगो गाउँ’ को सकियो छायांकन

कान्तिपुर संवाददाता

काठमाडौँ — दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’ को छायांकन सकिएको छ । निर्देशक लामाले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार तस्बिरहरू सार्वजनिक गर्दै ३३ दिनमा फिल्मको छायांकन सकिएको जनाएका हुन् । 

दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बाँस्तोला, शंकर आचार्य, केशव राई, इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन् ।

मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता हिमाल शर्मा हुन् । फिल्मको छायांकन आलोक शुक्लाले गरेका हुन् । वनिश शाहले सम्पादन गर्ने फिल्म आगामी भदौ २९ गतेदेखि रिलिज हुने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

‘पुष्पा २’ डिसेम्बरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ डिसेम्बर २२ देखि प्रदर्शनमा आउने भएको छ । सुकुमार निर्देशित फिल्ममा अल्लुसँगै रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहेको छ । 

भारतीय सञ्चारमाध्यले बुधबार फिल्मबारे नयाँ समाचार सार्वजनिक गरेका छन् । त्यो हो, ‘पुष्पा २ः द रुल’ मा बलिउड अभिनेता रणवीर सिंह पनि देखिने भएका छन् । सञ्चारमाध्यमले उनी प्रहरीको भूमिकामा देखिने जनाएका भए पनि फिल्म निर्माण टिमले भने आधिकारिक रूपमा कुनै जानकारी दिइसकेका छैनन् ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को सिक्वेल हो, ‘पुष्पा २: द रुल’ । यसका हाल धमाधम छायांकन चलिरहेको छ । अघिल्लो फिल्म ‘पुष्पा’ बक्सअफिसमा निकै सफल भएका कारण पनि पछिल्लो समय यसको सिक्वेलबारे चर्चा चुलिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×