१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

‘सिटाडेल’ की बोन्ड गर्ल

निक जोनाससँग वैवाहिक सम्बन्धमा बाँधिएयता प्रियंका चोपडाको चर्चा हाल निकै बढेको छ । र, यसको कारण हो, उनको नयाँ वेब सिरिज ‘सिटाडेल’ । 
हिमेश

निक जोनास आफ्नी पत्नी प्रियंका चोपडालाई कति माया गर्छन् होला ? यो प्रश्नको उत्तर त उनीहरूसँग पनि छैन होला । तर निक आफ्नो प्रेमको प्रदर्शन भने खुलेर गर्छन् । भर्खरै उनीहरू हँदै रोमान्टिक पारामा देखिए, लन्डनमा । त्यसै पनि प्रियंका सुन्दर त छिन् नै, त्यसमाथि रातो लुगा लगाउनुपर्छ, उनी वास्तवमै आकर्षक देखिन्छिन् । प्रियंकाको यस्तै रूपमा निक मोहित भएका केही तस्बिर सोसल मिडियामा अहिले जताततै पाइन्छन् ।

‘सिटाडेल’ की बोन्ड गर्ल

प्रियंकाले अफ–सोल्डर रेड गाउन लगाएकी थिइन् र त्यो उनलाई वास्तवमै खुबै सुहाएको थियो । उनी जताजता गइरहेकी थिइन्, निक उनलाई नै पछ्याइरहेका थिए । अहिले प्रियंका चर्चा नै चर्चामा छिन् र यसको कारण हो, उनको नयाँ वेब सिरिज ‘सिटाडेल’ । लन्डनमा भएको यसकै प्रिमियरकै बेला प्रियंकालाई पछ्याइरहेका निकको तस्बिर भाइरल भएको हो । र, यसले त्यही वेब सिरिजलाई अझ चर्चाको विषय बनाउन मदत भने पक्कै गरेको छ ।

जतिजति बेला निक कन्सर्ट गर्छन्, त्यहाँ प्रियंका पनि पुग्ने गर्छिन् । अब प्रियंकाको एउटा ठूलो सम्भावित उपलब्धिमा निकको उपस्थिति पनि चाहिन्थ्यो नै । ‘सिटाडेल’ कै पृष्ठभूमिमा प्रियंकाका केही खास अन्तर्वार्ताहरू पनि सुन्न पाइएको छ । त्यसमा उनले भनेकी छन्, ‘अब बल्ल त्यस्तो समय आएको छ, जहाँ आफूलाई हलिउडमा सबैले चिन्न थालेका छन् । तर यहाँसम्म पुग्न उनले धेरै नै संघर्ष पनि गर्नु पर्‍यो । यो संघर्ष ठ्याक्कै सकिने पनि छैन, न यो सजिलो नै थियो ।’

अझै जारी रहनेछ । फेरि यो सजिलो पनि हुने छैन । बलिउडबाट हलिउड छिरेको लगभग १० वर्षपछि उनी यत्तिको भन्न सक्ने भएकी हुन् । खासमा प्रियंका एउटा राम्रो ब्रेकको प्रतीक्षामा थिइन् । सायद यो ब्रेक त्यही ‘सिटाडेल’ हुन सक्छ । केही सिनेमा पण्डितले प्रियंका अब ग्लोबल आइकन हुने दाबी पनि गरिरहेका छन् । प्रियंका भन्छिन्, ‘म हलिउडमा आएको पनि दस वर्ष भयो, बल्ल एउटा ठूलो राम्रो भूमिका पाएकी छु । सिटाडेलमा मेरो भूमिका दमदार छ ।’

तस्बिरहरू : सिटाडेल ट्वीटर अफिसियल

उनी थप्छिन्, ‘यहाँसम्म पुग्न मैले धेरै मिहिनेत गरेकी छु । अनि मैले आफ्नो कामबाट हलिउडलाई मनाउन पनि सकेकी जस्तो लाग्छ ।’ त्यसको अर्थ के हो भने हलिउडले अब प्रियंकालाई खुलेर स्विकार्न थालेको छ । नत्र यसअघिका अन्तर्वार्तामा प्रियंकाले बारम्बार भन्दै आएकी थिइन्, बलिउडमा उनलाई हेर्ने नजर धेरै राम्रो छैन, विशेषतः एसियालीका रूपमा । अझ बलिउड कलाकारका रूपमा । सायद अब यो फेरिँदै छ, यसका लागि धेरै श्रेय प्रियंकालाई दिनैपर्छ ।

यसअघि पनि बलिउडका केही कलाकारले हलिउडमा प्रवेशका लागि प्रयास नगरेको पनि होइन, तर सबै उत्तिकै सफल भएनन् । तर प्रियंका एक प्रकारले अपवाद पनि रहिन् । यसको एउटा ठूलो कारण केही गरेर देखाउने उनको जिद्दीपन पनि जिम्मेवार छ । उनी सपना खुबै देख्छिन् । तर त्यसमै मात्र सीमित भने हुन चाहँदैनन् । सुरुमा उनका लागि बलिउडमा काम गर्न पाउनु नै ठूलो थियो, पछि उनले हलिउडको पनि सपना देखिन् र त्यसैको कारण हो, ‘सिटाडेल’ ।

हो चाहिँ के त यो ? पछिल्लो समय हलिउडमा जासुसी कथामा आधारित एकपछि अर्को सिरिज बनिरहेका छन् र ती सफल पनि भएका छन् । जेम्स बोन्ड सिनेमाबाट आकर्षित नहुने को होला र ? ‘सिटाडेल’ लगभग यस्तै परम्पराको वेब सिरिज हो, जसको मुख्य भूमिकामा प्रियंका देखापरिरहेकी छन् । त्यस अर्थमा प्रियंका भइन्, बोन्ड गर्ल । एउटा रमाइलो तथ्य के पनि हो भने प्रियंकालाई मन पर्ने भूमिका पनि यस्तै हो, उनले धेरै अगाडि सपना देखेकी थिइन्, बोन्ड गर्ल बन्ने ।

‘सिटाडेल’ सँग एक अर्को बलिउड स्टार वरुण धनव पनि जोडिएका छन् र यसका पनि खुसी छन्, प्रियंका । बलिउडमै छँदा पनि प्रियंकाले उत्तिकै संघर्ष गर्नुपरेको समाचार आइरहन्थे, किनभने उनको कोही गडफादर थिएन । उनी उत्तर प्रदेशमा जन्मेर हुर्केकी थिइन्, त्यसैले बलिउडकै लागि उनी बाहिरका थिए । त्यसैले उनलाई ‘सेल्फ मेड’ पनि भन्ने गरिन्छ । खासमा उनको कुनै मनोरन्जन क्षेत्रको कुनै पृष्ठभूमि थिएन, तर त्यसमै आफूलाई प्रमाणित गरिन् ।

एउटा तथ्य के पनि हो भने हलिउडले मात्र प्रियंकालाई अब खुलेर स्विकारेको छैन, बलिउडले पनि ज्वाइँका रूपमा निकलाई माया गर्न थालेको छ । अझ भनौं, भारतीय सिनेमाका पारखीका लागि निक पनि मन पर्न थालेको छ । नत्र सुरुमै शंकाको प्रश्न थियो, यी निकले कति दिनसम्म प्रियंकालाई मन पराइरहने हो, कतै यो प्रसंग पनि टुट्ने होइन, जस्तो उनका यसअघिका प्रेम सम्बन्ध टुटेका थिए । यी अमेरिकी गायक, गीतकार तथा नायकको जीवनमा यसअघि धेरै आए र गए पनि ।

धेरै अगाडि उनले डिस्ने स्टार माइली साइरसलाई डेट गरेकी थिइन् । त्यसपछि दुई वर्षसम्म निक सेलेना गोमेजको मायामा भुले । त्यसबाट उम्केपछि उनको सम्बन्ध अस्ट्रेलियाली गायिका डेल्टासँग भयो । पछि उनीहरूको ब्रेकअपको समाचार आयो । निक यत्तिकैमा रोकिएनन् । उनको जीवनमा फेरि आइन्, मिस युनिभर्स २०१२ ओलिभा । उनी पछि मात्र प्रियंकाको पालो आएको हो । यसपल्ट लागिरहेको छ, निक प्रियंकासँग सम्बन्धलाई लिएर गम्भीर छन् ।

यसलाई टुटाउन चाहँदैनन् । सन् २०१८ मा उनीहरूको पहिलो भेट भएको थियो । त्यही वर्ष निकले विवाहको प्रस्ताव राखे । अझ त्यही वर्ष उनीहरूको इन्गेजमेन्ट पनि भयो । पछि विवाह पनि । अब उनीहरूको एक छोरी पनि भइसकेकी छन् । अहिले धेरैलाई लागेको हुनुपर्छ, निक र प्रियंका दुवैलाई उनीहरूको सम्बन्धले धेरै फाइदा गरेको छ, करियरको दृष्टिकोणले पनि । यो त सकारात्मक नै हो । सुरुमै गरिएको प्रश्नको उत्तर सायद हुन सक्छ, निक प्रियंकालाई धेरै माया गर्छन् ।

प्रकाशित : वैशाख १४, २०८० १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?