‘बलेको आगो-२’ मा प्रेम र बिछोड

चैत्र १०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतमा बसेर नेपाली म्युजिक भिडियो निर्देशनमा सक्रिय प्रभु गुरुङको नयाँ भिडियो ‘बलेको आगो–२’ सार्वजनिक भएको छ । आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गीत प्रेम र बिछोडको कथामा केन्द्रित छ । 

राजकुमार सिंहको स्वर, सुनील राईको संगीत संयोजन र लक्ष्मी बर्देवाको शब्दमा तयार गीतको भिडियो बेलायतको राजधानी लन्डनमा खिचिएको हो । सम्पादक तथा छायांकार सुमन श्रेष्ठले सीमित लोकेसनबाट पनि रमणीय दृश्य कैद गरिएको बताए ।

करिब एक दर्जन नेपाली म्युजिक भिडियो निर्देशन गरेका गुरुङले ‘बलेको आगो–२’ पृथक् बनाउन प्रयास गरेको बताए । भिडियोमा निश्मा बन, रोशन बस्नेत, दुर्गा सिंह र विजय गिरीले अभिनय गरेका छन् । बेलायतमा आयोजित तेस्रो ‘मिसेस् नेपाल युनिभर्स–२०२२’ मा बेस्ट ब्युटिफुल फेसको उपाधि जितेकी निश्माले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully