आजकै दिन : ‘माई केमिकल रोमान्स’को ब्रेकअप

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१३ मा आजकै दिन (मार्च २२) मा अमेरिकी रक ब्यान्ड ‘माई केमिकल रोमान्स (एमसीआर)’ ले ब्रेकअपको घोषणा गरेको थियो । २००१ को सेप्टेम्बरमा अमेरिकाको न्युजर्सीमा स्थापित ब्यान्डलाई २१ औं शताब्दीको सबैभन्दा प्रभावशाली रक ब्यान्डका रूपमा लिने गरिन्छ ।

गेरार्ड वे, मिकी वे, रे टोरो र म्याट पेलिसियरले स्थापना गरेको ब्यान्डमा पछि फ्राङ्क लेरो जोडिएका थिए । ब्यान्डले आफ्नो पहिलो एम्बल ‘आई ब्रट यू माई बुलेट्स, यू ब्रट मी योर लभ (२००२)’ मा बजारमा ल्याएको थियो । त्यस्तै, ब्यान्डले २००४ मा दोस्रो एल्बम ‘थ्री चियर्स फर स्विट रेभेन्ज (२००४)’ सार्वजनिक गरेको थियो ।

ब्यान्डका ‘द ब्याल्यक परेड (२००६)’, ‘डेन्जर डेज : द ट्रु लाइभ्स अफ द फ्याबुलस किलजोयज (२०१०)’ लगायतका एल्बम चर्चित छन् । ब्रेकअपपछि ब्यान्डले बजारमा ल्याएको एल्बम ‘मे डेथ नेभर स्टप (२०१४)’ निकै लोकप्रिय भएको थियो । ब्यान्डमा हाल गेरार्ड लिड भोकलिस्ट र रे लिड गिटारिस्टका रूपमा छन् । त्यस्तै, रिदम गिटारिस्टका रूपमा लेरो छन् भने वे बासिस्ट हुन् ।

प्रकाशित : चैत्र ८, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

आलु किसानलाई वर्षाले राहत

कान्तिपुर संवाददाता

दोलखा — उच्च हिमाली क्षेत्रमा हिमपात पर्खेर बसेका किसान यो वर्ष बारीमा चिस्यान नपसी आलु रोप्न बाध्य थिए । दैनिकजसो हिमपात होला भनेर आकाश टोलाउँदै बसेर ढिलो आलु रापेका किसान खडेरीको मारले प्रताडित थिए ।

आलुमा मुना पलाउने बेलामा ढिलो गरी उच्च हिमाली क्षेत्रमा हिमपात र हिउँदे वर्षा भएपछि आलु खेतीमा निर्भर किसानले केही राहत महसुस गरेका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात र वर्षा नभएसम्म आलु रोपिँदैन । तर यो वर्ष समयमा हिमपात र वर्षा नभएपछि किसान निराश बनेका थिए । मेलङ गाउँपालिका–५ डाँडाखर्कका मानबहादुर मगर लामो खडेरीका कारण रोपेका आलु नउम्री डढेर जान लागेपछि निराश बनेका थिए । ढिलै भए पनि सामान्य हिमपात र हिउँदे वर्षाले उनीमा खुसी भएका छन् । बारीमै डढ्न लागेका आलुमा हिउँदे वर्षाले मुना फस्टाउने भएकाले केही राहत महसुस गरेको उनले बताए ।

पुस अन्तिम सातादेखि माघ अन्तिमसम्म उच्च हिमाली क्षेत्रमा आलु रोप्ने गरिन्छ । हिमाली क्षेत्र ३ हजार ७ सय हेक्टरको आलु खेती हुन्छ । वार्षिक ३५ देखि ४० हजार मेट्रिक टन आलु निकासी ८० करोडभन्दा बढी रकम जिल्ला भित्रिने गरेको छ । १० हजार किसान आलु खेतीमा निर्भर छन् । ‘आलुको मुना पलाउने बेलामा ढिलो गरी भए पनि वर्षा भयो,’ मगरले भने, ‘बारीमै आलु डढेर नष्ट होला जस्तो लागेको थियो । वर्षाले केही राहत दिएको छ । आलुका मुना सप्रने बेलामा पानी परेको छ ।’

भीमेश्वर—८ की जगतमाया श्रेष्ठले हिमपात नभएकै बेला आलु रोपेको र अहिले आशा जागेको बताइन् । ‘अहिलेको पानीले बारीमा आलुका मुना पलाउन चिस्यान पुग्छ,’ अब आलु सप्रने भएकाले निकै खुसी लागेको बताउँदै भनिन्, ‘बल्ल पानी परेर आलुले जीवन पायो ।’

प्रकाशित : चैत्र ८, २०७९ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×