पशुपतिले ल्याए ‘कैले कमाउनी’

फाल्गुन १९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन् । ‘कैले कमाउनी’ बोलको गीतमा शर्मासँगै कामना ओली र तिलक ओलीले स्वर दिएका छन् ।

गीतको शब्द र संगीत भने तिलक ओलीको रहेको छ । गीतमा साथीहरूको प्रगति गरेको सन्दर्भ उल्लेख गर्दै आफूले बुढेसकाल लाग्दा पनि पैसा कमाउन नसकेको पीर व्यथा समेटिएको छ । गीत शर्माको युट्युब च्यानलमार्फत बिहीबार दिउँसो सार्वजनिक गरिएको हो । एरेन्ज, मिक्सिङ र मास्टरिङ विनोद बाजुरालीको रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । 

वीरेन्द्र ओलीको निर्देशनमा तयार गरिएको गीतको म्युजिक भिडियोमा गायक शर्मा र गायिका ओलीसँगै वीरेन्द्र ओली, पूर्णिमा जीएम, प्रशान्त परियार, मञ्जित पहाडी, शरद एलजी, दुर्गा तामाङ, रमेश शर्मा, कल्पना मल्ल, रोजा तामाङ र कल्याण अधिकारीले अभिनय छ । गीतको भिडियो सम्पादन भने दीपक विष्टले गरेका हुन् । 

शर्माका ‘क्याम्पस पढ्न आउनी’, ‘मलाई अमेरिका यही’, ‘लुट्न सके लुट’, ‘सारंगी र्‍याइँर्‍याइँ’, ‘फाटेको मन’ लगायतका गीत चर्चित छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully