फिल्म सिटी र बनेपाको स्टुडियो निर्माण अगाडि बढाइने

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — दोलखाको फिल्म सिटी आयोजनालाई सरकारी निजी साझेदारी अवधारणामा अगाडि बढाइने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याइने जनाएका हुन् ।

'नेपाली मौलिक परम्परा, कला, संस्कृति, भाषाको विविधता झल्कने खालका चलचित्र, गीत, संगीत, सिर्जना गर्ने सर्जकहरूलाई प्रोत्साहन गरिनेछ‚’ अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै भने‚ ‘चलचित्रसम्बन्धी पूर्वाधार विकासका लागि दोलखाको फिल्म सिटी आयोजनालाई सरकारी-निजी साझेदारी अवरधारणा मार्फत निर्माण प्रक्रिया अघि बढाइनेछ ।’

आर्थिक वर्ष २०७८/७९ को बजेटमा फिल्म सिटीको विषय समावेश नगर्दा फिल्मकर्मीले आवाज उठाएका थिए ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully