सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड 

लामो समयदेखि थाती रहेको दूरसञ्चार प्राधिकरण विधेयक अब संसद्मा पेस गर्ने अर्थमन्त्री वाग्लेले बताए ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

5.93 billion for the information and communication sector

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि सूचना तथा सञ्चार मन्त्रालयका ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै सञ्चार मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रमका लागि उक्त रकम छुट्ट्याएका हुन् ।

सरकारले नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यावसायिक कृषि कार्य गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशन र प्रसारण हुने लोककल्याणकारी विज्ञापनका लागि सरकारले ३३ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए । 

लामो समयदेखि थाती रहेको दूरसञ्चार प्राधिकरण विधेयक अब संसद्मा पेस गर्ने उनले उल्लेख गरे । ‘नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाइनेछ,’ उनले भने, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ ।’ 

साथै, सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एकापसमा गाभेर एकीकृत सुरक्षित मुद्रण संस्था स्थापना गर्ने सरकारको लक्ष्य छ ।

बजेट ०८३/८४

कान्तिपुर

Link copied successfully