देशभरका भन्सार नाका बन्द, भोलि साँझ ६ बजेपछि मात्रै खोलिने

निर्वाचनका लागि बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्मका लागि देशभरका भन्सार कार्यालयहरु बन्द गरिएको हो ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Customs checkpoints across the country closed, will only open after 6 pm tomorrow

काठमाडौँ — देशभरका भन्सार कार्यालयहरु बन्द भएका छन् । निर्वाचनका लागि बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो । 

विरगन्ज भन्सार कार्यालयले सूचना जारी गर्दै २० फागुन बिहान ६ बजेदेखि २१ फागुन साँझ ६ बजेसम्म आपतकालीन सेवा बाहेकका सवारी साधनलाई नेपाल प्रवेश गर्न रोक लगाउने जनाएको छ । नेपालबाट भारततर्फ जाने खाली मालवाहक सवारी साधनलाई भारत प्रवेश गर्न आवश्यक सहजीकरण गर्नेसमेत सूचनामा उल्लेख छ । 

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले ७२ घण्टाका लागि देशभरका भन्सार कार्यालय बन्द गरिएको बताए । 'बिहीबार हुने निर्वाचनलाई मध्यनजर गर्दै भन्सार नाका ७२ घण्टाका लागि बन्द गरिएको छ, बिहीबार साँझ ६ बजेपछि मात्रै खुल्छ,' उनले भने ।

इन्धन, औषधीलगायत अस्पतालजन्य वस्तुहरु, हरियो तरकारी तथा फलफूलका सवारी भने आवतजावत हुने भण्डारीले बताए । 

कान्तिपुर

Link copied successfully