मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

दुर्गममा हेलिकोप्टर प्रयोग गरिने

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

The commission claims to provide live results within 24 hours of the start of vote counting.

काठमाडौँ — निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने उनले बताए । 

The commission claims to provide live results within 24 hours of the start of vote counting.

‘पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ । अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्छौं,’ उनले भने ।  

विश्वका जुनसुकै प्रजातान्त्रिक मुलुकमा पनि निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने सामान्य प्रक्रिया रहेको भण्डारीले बताए । 

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully