अर्थमन्त्री खनालले सम्हाले कार्यभार, टुक्रे आयोजना खारेज र फजुल खर्च नियन्त्रण गरिने  

कार्यभार सम्हाल्ने क्रममा अर्थमन्त्री खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । 

भाद्र ३०, २०८२

काठमाडौं — नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज कार्यभार सम्हालेका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ लिएपछि सिधै अर्थ मन्त्रालयमा कार्यभार सम्हालेका हु्न् । कार्यभार सम्हाल्ने क्रममा अर्थमन्त्री खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । 

पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने बताएका छन् । आफ्नो अध्यक्षतामा गठित अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय सुझाव समितिले दिएका  सुझावहरू कार्यान्वयन गरिने पनि उनले बताए ।

Link copied successfully