विदेशी लगानीकर्तालाई लाभांश फिर्ता लैजान सहजीकरण गर्ने

असार २७, २०८२

कान्तिपुर संवाददाता

Facilitating repatriation of dividends to foreign investors

काठमाडौँ — नेपाल राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई लाभांश, साँवा र ब्याज फिर्ता लैजान सहजीकरण गर्ने जनाएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले यस्तो जानकारी दिएका हुन्।

मौद्रिक नीतिमा भनिएको छ, 'नेपालमा विदेशी लगानी गर्ने लगानीकर्ता, विदेशी लगानीमा स्थापित उद्योग/कम्पनी, र नेपालमा रहेका विदेशी कम्पनीका शाखा, सम्पर्क कार्यालय वा स्थायी संस्थापनले साँवा, ब्याज तथा लाभांशलगायत रकम फिर्ता लैजाने व्यवस्थामा सहजीकरण गरिनेछ।'

राष्ट्र बैंकले विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापनको व्यवस्था मिलाइने पनि  जनाएको छ । 'आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी प्रवर्द्धनमा सहजीकरण हुने गरी 'नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८' लाई संशोधन गरिने,' मौद्रिक नीतिमा उल्लेख छ।

कान्तिपुर संवाददाता

Link copied successfully