व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढ्यो 

असार २७, २०८२

कान्तिपुर संवाददाता

Personal share mortgage loan limit increased

काठमाडौँ — नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमा बढाएको हो । 

राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँ पुर्‍याएको छ । यसअघि यस्तो कर्जाको सीमा १५ करोड रुपैयाँ थियो ।

‘बैंक तथ वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको विद्यमान एकल ग्राहक कर्जाको सीमा १५ करोड रुपैयाँबाट २५ करोड पुर्‍याइएको छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully