काठमाडौँ — नेपाल राष्ट्र बैंकले आवास कर्जाको सीमा बढाएको छ । शुक्रबार गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय कर्जाको सीमा बढाइएको बताएका हुन् ।
राष्ट्र बैंकले निजी आवासीय घर निर्माण/खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा बढाएको हो । अब निजी घर निर्माण गर्दा र वा खरिद गर्दा ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । यसअघि दुई करोड रुपैयाँ कर्जा पाइन्थ्यो ।
राष्ट्र बैंकले पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म हुने जनाएको छ । अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
