काठमाडौँ — कृषि, सञ्चारलगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको चालु पुँजी कर्जामा नेपाल राष्ट्र बैंकले केही सुविधा दिने भएको छ ।
शुक्रबार गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै चालु पुँजी कर्जामा यस्तो लचकता घोषणा गरेका हुन् ।
