काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापन गर्न ऋणपत्र निष्कासन गर्ने जनाएको छ ।
गभर्नर विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंक ऋणपत्र निस्काशन गर्ने बताएका हुन् ।
‘बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निस्काशन गरिनेछ,’ उनले भने ।
