काठमाडौँ — सरकारले कर प्रणालीमा संरचनात्मक रूपान्तरण गर्ने भएको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने जनाए।
'निजी लगानी थप सुधार र प्रक्रियागत रूपमा प्रवर्द्धन गर्न वातावरण बनाइने छ। अनावश्यक सार्वजनिक संरचना खारेज, गाभ्ने वा पुनः संरचना गरिनेछ,' आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, 'कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने छ। औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने गरी करदाता–मैत्री राजस्व प्रणाली विकास गरिनेछ।'
वैदेशिक सहायता विकासको आवश्यकता र प्राथमिकताको आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गरिने उनले बताए।
