त्रुटिपूर्ण योजनाहरू खारेज गरिने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Defective plans will be rejected

काठमाडौँ — सरकारले त्रुटिपूर्ण योजनाहरू खारेज गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नरहेका परियोजनाहरू स्थगन गर्नुपर्ने बताएका हुन्।

'विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाहरूको पुनः प्राथमिकीकरण गर्नुपर्छ,' नीति तथा कार्यक्रम वाचनका क्रममा उनले भने, 'परियोजनालाई वर्गीकरण गरी यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गरिनुपर्छ।'

कान्तिपुर संवाददाता

Link copied successfully