बजेटमा औद्योगिक क्षेत्र निर्माण गर्नेबारे छलफलमै छौं : मन्त्री ढकाल 

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

We are discussing about building industrial sector in the budget: Minister Dhakal

काठमाडौँ — लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालले बजेटमा नीतिको परिमार्जनसँगै बजेटमा औद्योगिक क्षेत्र निर्माणको सन्दर्भमा उद्योगीसँग छलफलमै रहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार लुम्बिनीको भैरहवामा बुधबार आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य : अर्थ–सामाजिक शक्ति, सम्भावना र सम्बोधन’ कार्यक्रम अन्तर्गतको पहिलो सत्र ‘सुस्त पूर्वाधार र अस्थिर नीति, उत्पादनका चुनौती’ विषयमा उनले उक्तकुरा बताएका हुन् ।

‘विगतलाई समीक्षा गरेर अब आउने बजेटमा नीतिको परिमार्जनसँगै बजेटमा औद्योगिक क्षेत्र निर्माणको सन्दर्भमा कोरिडोर र औद्योगिक क्षेत्रमा आवश्यक पर्ने विद्युतीकरणको जडानको सन्दर्भमा पनि हामी उद्योगी र व्यवसायीसँग छलफल गरेर अगाडि जाने तयारीमा छौं,’ उनले भने । 

साथै उनले लुम्बिनी प्रदेश सरकार उद्योग स्थापनाका लागि नयाँ खालका नीति बनाउन अगाडि बढिरहेको बताए । लुम्बिनी प्रदेशमा स्थापना हुने उद्योगका निम्ति करिडोर निर्माण गर्ने सम्बन्धमा पनि सुरुदेखि नै नीतिहरू बनाएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully