व्यवसायीकरण गर्न जग्गाको खाँचो छ, नीतिमा परिवर्तन ल्याउन जरुरी छ : श्रेष्ठ

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

There is a need for land for commercialization, it is necessary to change the policy: Shrestha

काठमाडौँ — कृषि फर्मलाई व्यवसायीकरण गर्न जग्गाको खाँचो रहेको श्रीनगर एग्रो फार्म प्रालिकी कार्यकारी निर्देशक मौसमी श्रेष्ठले बताएकी छन् । साना फर्मका लागि जग्गा रहेपनि भोलिका दिनमा ठूला व्यवसायीकरण गर्न जग्गा खाचो रहेको उनले बताइन् । त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरेर सहजीकरण गर्नुपर्ने उनले बताइन् ।

‘सानो अण्डा उत्पादन गर्ने एग्रो फर्मबाट सुरु गरेर अहिले समग्र भेटनरी स्कुलबाट जेटिए, भेटनरी डाक्टरसम्म उत्पादनमा बिस्तार गरेका छौं । श्रीनगर एग्रोलाई पब्लिक लिमिटेडमा लैजान दरखास्त पनि गरेका छौं, सबैको विश्वास जितेर मुनाफा बाँड्न खोजेका छौं,’ कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रमको पहिलो सत्र : सुस्त पूर्वाधार र अस्थिर नीति, उत्पादनका चुनौतीमा उनले भनिन्, ‘तर कृषि फर्मका लागि हदबन्दीको पुगेन । हदबन्दीका लागि ३/४ महिना धाउदा पनि स्वीकृति पाएका छैनौं । सबै निकायको साथ पाएका छौं, तर झन्झटिलो प्रक्रियाले  ढिलाई भएको छ ।’

एउटै कामका लागि धेरै ठाउँमा धाउनु पर्दा व्यवसायी निरुत्साहित हुने उनले बताइन् । ‘बोस्टनबाट छोरालाई ल्याएर नेपालमै कृषि कर्ममा लागेका छौं । तर एउटै कामका लागि धेरै निकाय धाउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘व्यवसायीको काम एकदार प्रणालीमार्फत् छिटो छरितो हुन जरुरी छ । सरकारले छिटो छरितो काम गर्न नीति परिवर्तन गर्नुपर्छ।’

एग्रो क्षेत्रमा टेक्नो कमर्सियल दक्षता पनि आवश्यक रहेको बताइन् । भेटनरी स्कुलबाट जेटिए, डाक्टर उत्पादन गरेपनि अस्थिर रहेको उनको भनाइ छ । ‘निजी क्षेत्रले दिर्घकालीन रुपमा सोच्छ, तर कमर्सियल दक्षताको अभाव छ । त्यसलाई पूर्ति गर्न श्री किसान इनोभेसन हब स्थापना गरेका छौं । त्यहीँबाट पास भएका जेटिए, भेटनरी डाक्टरलाई एग्री उद्यमशीलताको ज्ञान दिएका छौं,’ उनले भनिन्, ‘यी बाहेक श्रीनगर एग्रो फार्म प्रालिले भ्यालु चेनको रुपमा पनि काम गरेको छ । उत्पादनदेखि बजार पहुँचसम्मको पुर्‍याउने काम गरेको छ । फिड उद्योगका लागि मुख्य आवश्यक मकै हो, स्थानीय उत्पादन बढाउन विभिन्न काम पनि गरेका छौं ।’

लुम्बिनीको सामर्थ्य

कान्तिपुर

Link copied successfully