'सरकारी श्रेणीविहीनले २४ हजार तलब बुझ्दा श्रमिकको १७ हजार ३ सयमात्रै किन?'

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Why is it that workers without government rank receive 24,000 salary while only 17,300 workers?

काठमाडौँ — संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडाले अहिले १७ हजार ३ सय रुपैयाँ तलबमा कुनै पनि श्रमिक काठमाडौंमा बाँच्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा सिंखडाले नेपाल सरकारको श्रेणीविहीन कर्मचारीले समेत २४ हजार रुपैयाँ पाइरहँदा श्रमिकको तलब १७ हजार रुपैयाँ मात्रै रहेको जनाए ।

'जम्मा १७ हजार ३ सय रुपैयाँमा कुनै पनि श्रमिक काठमाडौंमा बाँच्न सक्दैन, रोजगारदाताको घरमा पालेको कुकुरले पनि त्यो भन्दा बढी पैसाको खाना खान्छ,' उनले भने, 'के आज श्रमिकको जीवनको भाउ छैन? नेपाल सरकारको श्रेणीविहीन कर्मचारीले २४ हजार रुपैयाँ तलब खान्छ। अनि श्रमिकको तलब १७ हजार मात्रै किन?'

उनले बेतनमा नभई श्रमिकको तलबभत्तामा वृद्धि हुनुपर्ने आफ्नो माग रहेको बताए। 'रोजगारदाता एक वर्षमा मिलिनियरबाट बिलिनियर कसरी हुनु भएको छ, अर्बौंको पुँजी कसरी जोड्नु भएको छ  यसमा राज्य गम्भीर हुन जरुरी छ,' उनले भने, 'तर श्रमिकको तलब बढेन। रोजगादाताले सकरात्मक लिनु भएन ।'

उद्योग कलकारखाना चलिरहेको र औद्योगिक शान्ति भन्दै सिंखडाले आँधीहुरी आउनु अघिको शान्ति रहेको बताए । तलबभत्ता वृद्धि, सामाजिक सुरक्षाका पूर्ण कार्यन्वयन र श्रम ऐनभित्रका मजुदुरविरोधी दफाहरु संसोधन गरिनु पर्ने उनको भनाइ छ । होटल क्षेत्रका सेवा शूल्क र बैंक तथा वित्तीय क्षेत्रका नराम्रा कामहरुमा सबै ट्रेड युनियनहरु एक ढिक्का भएर अघि बढ्ने उनले जनाए। 

जति धेरै सामाजिक सुरक्षा त्यति धेरै श्रम लचकता भन्दै अघि बढे पनि श्रम ऐन २०४८ मा भएका अधिकार पनि २०७४ बाट कुन्ठित गरेको उनले सुनाए । 'सामाजिक सुरक्षा कोष श्रमिकका लागि चरीलाई बेला पाक्यो हर्ष न विस्मत जस्तो स्थिति छ,' उनले भने।

कोलाहलको स्थितिमा रहेको श्रम बजारमा आगामी दिनमा श्रमिक नपाएर होटल कलकारखाना बन्द भयो भनेर सूचना जारी गर्ने अवस्था समेत आउन सक्ने उनको भनाइ छ। 

कान्तिपुर संवाददाता

Link copied successfully