उत्पादकत्व कम हुँदा श्रमिकको तलब बढेन : अध्यक्ष ढकाल

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

When the productivity is low, the salary of the workers does not increase: President Dhakal

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादकत्व कम हुँदा श्रमिकले उचित पारिश्रमिक नपाइरहेको बताएका छन्।

 ‘अहिले उत्पादकत्व कम छ । सीपयुक्त जनशक्ति भए मात्रै जीवन निर्वाह गर्न पुग्ने न्युनतम तलब दिन सक्ने वाताबरण बन्छ,’ काठमाडौंमा सोमबारबाट सुरु भएको पाचौँ रा‍ष्ट्रिय श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘प्रमुख रुपमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्र नै हो । उद्योग ब्यवसाय बढाउने वातावरण बने मात्रै रोजगारी सिर्जना हुन्छ । तब मात्रै सोचे अनुसार पारिश्रमिक दिन सकिन्छ ।’

उनले रोजगारी सिर्जना गर्ने, पुर्वाधार बनाउने, राजस्व बढाउने र उचित तलव दिन गरी सबै पक्ष एकठाउँमा उभिनुपर्ने बताए । ‘निजी क्षेत्रले निर्धक्क हिसावले काम गर्न सक्दा मात्रै रोजगारीको अवसर सिर्जना भयो । परम्परागत कानुनले लागनीमैत्री वाताबरण बनाउन सकेको थिएन । यो कानुन परिवर्तनले निजी क्षेत्रलाई प्रोत्साहित गरेको छ । अब नयाँ कानुन अनुसार नियमावली र कार्यविधि परिवर्तन गर्नुपर्छ,’ उनले भने ।

उनले सामाजिक सुरक्षा कोषमा जम्मा गरिएको रकमलाई सुरक्षित हिसाबले रोजगारी सिर्जना गर्ने गरी लगानी गर्न आवश्यक छ ।

कान्तिपुर

Link copied successfully