निर्माण क्षेत्रमा २० लाख जनशक्ति चाहिएको छ : प्रधानमन्त्री ओली

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Two million manpower is needed in the construction sector: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्माण क्षेत्रमा २० लाख जनशक्ति चाहिएको बताएका छन्। सोमबार पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘हामीसँग निर्माण क्षेत्रमा मात्रै २० लाख जनशक्ति आवश्यक छ । वर्षमा आउने निर्माणका सबै श्रमशक्ति बाहिर गइरहेको छन्,’ उनले भने,‘श्रम गरेर जीविका चल्ने तलव छैन । परिवारको आम्दानी र खर्च सधै ऋणात्मक हुन्छ । हरेक वर्ष ऋणमाथि ऋण थपिँदै छ । बचत गरेर परिवारलाई घुम्न लिएर जान निकै कठिन छ ।’

उनले  काम गरेर परिवारको खर्च धानेर बचत गर्ने आर्कषक रोजगारीको आवश्यकता भएको बताए । उनले उद्यमशीलताको विकासबाट आकर्षक रोजगारीको अवसर सिर्जना गर्न सरकारले उत्पादन र उत्पादकत्वको विकासका लागि प्रविधिको अधिकतम प्रयोग गर्ने कार्यक्रम ल्याइने बताए ।

उनले सरकारी क्षेत्रमा रोजगारी सीमित रहेकोले निजी क्षेत्रमा नै रोजगारीको अवसर रहेको बताए । ‘अब जागिर खान्छु भन्ने मात्रै होइन । म आफैँ केही गर्छु भनेर उद्यमशीलता गर्नुपर्छ,’ उनले भने,‘अबको दशक उद्यमशीलताको हो । रोजगारी प्रवर्द्धनको दशक हो । यसमा निजी क्षेत्रको असाधारण महत्व छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully