‘पैसा लिने कुरा ठूलो होइन, सेवा दिने कुरा ठूलो हो’

माघ ९, २०८१

कान्तिपुर संवाददाता

”Taking money is not important, giving service is important”

काठमाडौँ — पर्यटनको क्षेत्रमा पैसा लिने भन्दा पनि सेवा दिने कुरा ठूलो रहेको पोखराका पर्यटन व्यवसायी दोर्जे लामाले बताए ।

कान्तिपुर मिडिया ग्रुपले बुधवार आयोजना गरेको गन्तव्य गण्डकी कार्यक्रमको दोस्रो सत्र साहसिक यात्रा, स्वप्निल गन्तव्यमा बोल्दै उनले नेपालमा जहाँ गए पनि राम्रो रहेको बताउँदै त्यो होटल व्यवसायमा त्यो अनुसार सेवा दिनु पर्ने बताए ।

‘हामीले के गर्ने भन्दा पनि के नगर्ने भन्ने कुरामा ख्याल गर्नु पर्छ, मैले ३४ वर्ष खाना बिक्री गरे, पैसा लिने कुरा ठूलो होइन, तर सेवा दिने कुरा ठूलो हो,’ उनले भने, ‘हामी अलि संस्थागत छैनौँ, भएका कमी कमजोरी आफूले जिम्मा लिँदैनौँ । सरकारलाई दोष दिन्छौँ, आफूबाट भएका गल्ती कमीकमजोरीको आआफ्नो ठाउँबाट जिम्मेवारी लिनु पर्छ ।’

अधिकांशको ध्याउन्न सेवा दिन भन्दा पनि छिटो पैसा कमाउनेतर्फ हुने गरेकाले पनि होटल व्यवसायको क्षेत्रमा समस्याहरू निम्ति रहेको उनको भनाइ छ ।

‘हाम्रो प्रतिस्पर्धा नेपालमा होइन, नेपाल भन्दा बाहिर हो,’ उनले भने, ‘फेरी युवाहरू बाहिरिइरहेका छन्, फरक–फरक क्षेत्रसँग सम्बन्धित युवाहरूलाई तालिम दिन सकिए यही टिकाउन सकिन्थ्यो भन्ने हो,जसले गर्दा दक्ष जनशक्ति नेपालमै खपत हुने थिए ।’

कान्तिपुर संवाददाता

Link copied successfully