हामी के चान्हन्छौं भन्ने थाहा भए पर्यटनको ब्रान्डिङ गर्न सक्छौं : पर्यटन व्यवसायी पहारी

माघ ९, २०८१

कान्तिपुर संवाददाता

We can brand tourism if we know what we want: Pahari, a tourism professional

काठमाडौँ — पोखराका पर्यटन व्यवसायी प्रतीकराज पहारीले नेपालमा पर्यटनको ब्रान्डिङ गर्ने विषयमा स्पष्ट भए व्यवसायीले ब्रान्डिङ गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा उनले उक्त भनाइ राखेका हुन् । 

‘स्विट्जरल्यान्डलाई चर्चित बनाउन भारतीय अभिनेता र निर्माताको हात छ । हामीले पनि त्यसरी ब्रान्डिङ गर्न सकिन्छ,’ दोस्रो सत्र ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ मा उनले भने, ‘यदि हामीले भारतीय पर्यटक चाहिएको हो भने भारतीय इन्फ्लुएन्सर ल्याउनु पर्‍यो । त्यसै गरी चिनियाँ पर्यटक ल्याउनु पर्‍यो भने चिनियाँ इन्फ्लुएन्सर ल्याउनुपर्‍यो ।’

होटल सरोवर, पोखराका प्रबन्ध निर्देशक पहारीले नेपालको पर्यटनका लागि कसलाई लिएर आउन खोजेको ? के चाहन्छौँ ? भन्ने विषयमा थाहा भए सोहीअनुसार गर्न सकिने भनाइ राखे ।

कान्तिपुर संवाददाता

Link copied successfully