न्यून व्याजदरमा पर्यटन व्यवसायीलाई कर्जा चाहिएको छ : पर्यटन व्यवसायी घिमिरे

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

Tourism businessmen need loans at low interest rates: Tourism businessmen Ghimire

काठमाडौँ — पर्यटन व्यवसायी सुमन घिमिरेले पर्यटन क्षेत्रमा न्यून व्याजदरमा कर्जा आवश्यक रहेको बताएका छन् ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तन’ कार्यक्रमको चौथो सत्र ‘पर्यटनको मार्ग, समृद्धिको चिक्र’ विषयका वक्ता रहेका घिमिरेले बैंकको व्याजदर महँगो पर्न गएकाले पर्यटन क्षेत्रमा न्यून व्याजदरमा ऋण चाहिएका भन्दै सरकारसँग माग गरेका छन् ।

‘व्यवसायीले लगानी गरेको गर्‍यैं छौं । कसरी राम्रो बनाउन सकिन्छ भनेर चिन्तित र कटिबद्ध छौं,’ उनले भने, ‘तर यति हुँदाहुँदै पनि हामी व्यवसायीमा चिन्ता के छ भने हाम्रो जुन बैंकको व्याजदर छ, त्याे चर्काे छ । साँच्चिकै पर्यटन क्षेत्रमा न्यून व्याजदरमा कर्जा चाहिएको छ ।’ 

कृषिमा जसरी नै पर्यटन क्षेत्रका व्यवसायीलाई अनुदान र सहुलियत व्याजमा कर्जा प्रदान गरिनुपर्ने उनकाे माग छ ।

चितवन चिन्तन

कान्तिपुर

Link copied successfully