काठमाडौँ — पर्यटन व्यवसायी सुमन घिमिरेले चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि चितवनको पर्यटन विसका भएको बताएका छन् ।
बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तन’ कार्यक्रमको चौथो सत्र ‘पर्यटनको मार्ग, समृद्धिको चिक्र’ विषयका वक्त्ता रहेका घिमिरेले देशको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवनमा स्थापना भएपछि पर्यटन व्यवसायले विकास लिएको उनको भनाइ छ ।
‘हामीले सौराह, भरतपुर, मेघौली,पटेनी भन्ने होइन हामीले समग्र चितवनको पर्यटनको कुरा गर्नुपर्छ,’ उनले भने, ‘नेपालको पहिलो राष्ट्रिय निकुञ्जको पहिलो प्रवेशद्वार सौराहलाई लिइन्छ । सौरहामा जब निकुञ्ज स्थापना भयो त्यही बेलादेखि पर्यटन सुरु भयो र त्यसपछि सौराह बन्यो ।’
निकुञ्ज स्थापना भएपछि सो क्षेत्रको पर्यटन विकास भएर राप्ती तटीय क्षेत्रमा विभिन्न ठूला रिसोर्टहरू सुरु हुन सम्भव रहेको उनको भनाइ छ ।
