‘उद्यमलाई व्यवसायसँग जोड्न सक्नुपर्छ’  

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

”Entrepreneurship should be connected with business”

काठमाडौँ — चितवनको समृद्धिका लागि यस क्षेत्रको उद्यम र सेवालाई व्यवसायसँग जोड्नु पर्ने चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बिहीबार चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’ कार्यक्रमको अन्तिम सत्र ‘पर्यटनको मार्गः समृद्धिको चित्र’ मा बोल्दै कुमालले व्यवसायिक रुपमा सफल भएपछि मात्र पर्यटनको विस्तार हुने बताएका हुन् । 

यस क्षेत्रका संस्कृति, सम्पदा, परम्परालगायतको सम्भावना धेरै रहेपनि पूर्णरुपमा व्यवसायसँग जोडिन नसक्दा समस्या देखिएको उनले बताए । ‘चितवनमा कुमाल, थारुलगायत विभिन्न समुदायबाट होमस्टेहरू सञ्चालन भएका छन्,’ उनले भने, ‘तर तिनीहरुले अट्याच बाथरुथ जोड्न नसकेकै कारण प्रभावकारी देखिएको छैन ।’ अब उनीहरूलाई अट्याच बाथरुथ निर्माणका लागि सीप, स्रोत र साधनको उपलब्धता गराउन सक्नुपर्ने उनले बताए ।

चितवन चिन्तन

कान्तिपुर

Link copied successfully