स्वदेशी उत्पादनले बजार नपाउँदा उद्योग चल्नै कठिन : मुख्यमन्त्री लामा

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

It is difficult for the industry to run if indigenous products do not find a market: Chief Minister Lama

काठमाडौँ — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले स्वदेशीले उत्पादनले बजार नपाउँदा उद्योग चल्नै कठिन भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ कार्यक्रममा मुख्यमन्त्री लामाले नेपाली वस्तुको उपभोग पनि नगर्ने र निर्यात पनि गर्न नसक्ने हुादा स्वदेशी उत्पादनहरुले बजार पाउन नसकेको बताएका हुन् ।

स्वदेशी उत्पादनहरुले बजार नपाउँदा नेपाली मौलिक उद्योगहरु चल्न कठिन भएको समेत उनले जनाए । ‘हामी विदेशी उत्पादन र ब्राण्डमा लोभिँदै गएका छौं । हाम्रा मौलिक तथा स्वदेशी उत्पादन प्रयोग गर्ने संस्कृति विकास गर्ने उद्देश्यले प्रदेश सरकारका कार्यालयहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्ने व्यवस्था मिलाउदैछौं,’ उनले भने । 

रसुवाको पानी विदेशमा निर्यात भइरहेको समेत उनले जनाए । ‘वाग्मती प्रदेशका धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमाली भेगमा प्राकृतिक खानेपानी प्रशोधन उद्योगहरु सञ्चालन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकेमा प्रदेशको अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ,’ उनले भने, ‘रसुवाका पानी विदेश गइरहेको छ, यसले प्रदेश सरकारको ध्यान समेत आकृष्ट भएको छ । ’

चितवन चिन्तन

कान्तिपुर

Link copied successfully