कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

जलविद्युत्‌का लगानीकर्ता खड्का बने ऊर्जामन्त्री

जलविद्युत्‌का लगानीकर्ता खड्का बने ऊर्जामन्त्री

Highlights

  • खड्का ४.७२ मेगावाट क्षमताको मेन्छियाम जलविद्युत् आयोजना र १ सय २० मेगावाट क्षमताको निर्माणाधिन लाङटाङ–भोटेकोसी जलविद्युत् प्रवर्द्धक हुन् ।

काठमाडौँ — नेपाली कांग्रेसका सांसद दीपक खड्का ऊर्जा मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी मन्छियाम हाइड्रोपावर लिमिटेड र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका संस्थापक अध्यक्ष समेत हुन् ।

यी दुई कम्पनीद्वारा ४.७२ मेगावाट क्षमताको मेन्छियाम जलविद्युत् आयोजना र १ सय २० मेगावाट क्षमताको निर्माणाधीन लाङटाङ–भोटेकोसी जलविद्युत् आयाेजना प्रवर्द्धित हुन् । खड्का स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का सल्लाहकार समेत हुन् ।

पछिल्लो समयमा जलविद्युत् आयोजनाका संस्थापक सेयरधनी अनुकुल नीति बनाउन उनी लागि परेका थिए । खासगरी कोशी प्रदेशमा गत वर्ष आएको बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्‍याएको क्षतिलाई बहाना देखाउँदै संस्थापक सेयरधनी अनुकुलन नीति बनाउन उनले संसदीय समिति, नियामक निकायलगायतमा दबाब दिँदै आएका थिए ।

बाढी प्रभावित जलविद्युत् आयोजनामा संस्थापक सेयर बिक्रीका लागि दबाब दिइरहेका समूहको नेतृत्वमा सांसद खड्का नै देखिएका छन् । जलविद्युत् आयाेजनाबाहेक होटल फरेस्ट इन, मकालु वरुण एग्रो कन्सर्न र संखुवासभा आधुनिक कृषि कम्पनीमा पनि उनकाे लगानी छ । खड्काकी श्रीमती विनीता थापाले पनि विभिन्न पर्यटनसँग सम्बन्धित विभिन्न पेसा व्यवसायको नेतृत्व गरिरहेकी छन् । खड्का यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री थिए ।

प्रकाशित : असार ३१, २०८१ १४:०९
x
×