एकै पटक पर्साका ३ सांसद बने मन्त्री

असार ३१, २०८१

कान्तिपुर संवाददाता

At one time, 3 MPs from Parsa became ministers

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथलगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । यस पटक मन्त्रिपरिषद्‍मा केही नयाँ अनुहार पनि समेटिएका छन् ।

यस पटक पर्साले ३ जना मन्त्री पाएको छ । पर्साबाट जसपा नेपालका सांसद प्रदीप यादव, कांग्रेस सांसद अजयकुमार चौरसिया र एमाले सांसद राजकुमार गुप्ता मन्त्री बनेका छन् । यादव यसअघि पुष्पकमल दाहाल सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

चौरसिया २०५८ सालमा स्थाानीय विकास सहायकमन्त्री बनेका थिए । गुप्ता भने पहिलो पटक मन्त्री बनेका हुन् । यादवले यस पटक खानेपानीमन्त्रीको जिम्मा पाएका छन् ।

त्यस्तै चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यादव पर्सा-१, चौरसिया पर्सा-२ र गुप्ता पर्सा-३ बाट निर्वाचित सांसद हुन् । पर्सा-४ बाट निर्वाचित कांग्रेस सांसद रमेश रिजाल माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री थिए । 

ओली मन्त्रिपरिषद्

कान्तिपुर

Link copied successfully