मन्त्रिपरिषद्‌मा दलित समूदायको प्रतिनिधित्व शून्य

असार ३१, २०८१

कान्तिपुर संवाददाता

Representation of Dalit community in the Council of Ministers is zero

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सोमबार गठन भएको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् । कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् ।

एमालेको भागमा प्रधाममन्त्रीबाहेक ८ मन्त्रालयमा परेको छ । कांग्रेसको भागमा १० मन्त्रालय परेका छन् । यी दुवै दलले दलितलाई पठाएनन् ।  जसपाले दुई मन्त्री पाएकोमा दलित पठाएन ।  

ओली मन्त्रिपरिषद्

कान्तिपुर

Link copied successfully