कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आगामी आर्थिक वर्षदेखि बंगलादेशलाई बिजुली बेच्ने सरकारको योजना

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत निर्यात गर्ने योजना बनाएको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

आगामी आर्थिक वर्षदेखि बंगलादेशलाई बिजुली बेच्ने सरकारको योजना

त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत् थप गरेर राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ६ सय मेघावाट पुर्‍याउने लक्ष्य पनि लिएको छ । अर्थमन्त्री पुनले विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानुनी प्रबन्ध गर्ने बताए ।

‘आगामी आर्थिक वर्ष ९ सय मेघावाट विद्युत थप् गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार छ सय मेगावाट पुर्‍याइनेछ । प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्‍याइनेछ । आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाइनेछ । विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यका निजी क्षेत्र पनि सहभागी हुने गरी कानूनी प्रबन्ध गरिनेछ । जलासययुक्त जलविद्युत आयोजना, बाँध र विद्युत गृह छुट्टाछुट्टै तवरबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गरिनेछ । सुख्खा यामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० मेगावाटको दूधकोशी र ४१७ मेगावाटको नलसिंगाड जलविद्युत् आयोजना तथा २ सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिनेछ,’ उनले भने ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षभित्र १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० मेगावाटको दूधकोशी र ४१७ मेगावाटको नलसिंगाड जलविद्युत् आयोजना तथा २ सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिने पनि बताए ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×