२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पूर्व-पश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर 

काठमाडौँ — सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्व-पश्चिम राजमार्ग आसपासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ । 

पूर्व-पश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । मन्त्री पुनले सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने बताए ।

प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x