कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अर्थमन्त्रीद्वारा लुम्बिनीमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने घोषणा

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले माओवादीको मुखपत्र जनादेश साप्ताहिकका सम्पादक एवं प्रगतिवादी साहित्यकार कृष्ण सेनको नाममा लुम्बिनी प्रदेशमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने घोषणा गरेका छन् । 

अर्थमन्त्रीद्वारा लुम्बिनीमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने घोषणा

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उनले लुम्बिनी प्रदेशमा संचारग्राम स्थापना गर्न बजेट विनियोजन गरेका हुन् । सेनको जन्मस्थान लुम्बिनी प्रदेशको राजधानी भालुबाङ नजिक राप्ती नदीको किनारा अर्घाखाँची जलुकेमा उक्त संचारग्राम स्थापना गर्ने तयारी छ ।

‘लुम्बिनी प्रदेशमा कृष्ण सेन संचारग्राम स्थापना गरिने छ,’ बजेट वक्तव्य पढ्दै पुनले भने । सेनको शाही शासनका बेला २०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातनाका कारण मृत्यु भएको थियो । उनको नाममा कृष्ण सेन स्मृति प्रतिष्ठान काठमाडौंमा पहिले नै स्थापना भइसकेको छ ।

पुनले नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रतामा प्रतिबद्धता जनाएका छन् । उनले आमसंचार निष्पक्ष, व्यावसायिक, समावेश गर्न व्यवस्था मिलाइने प्रतिबद्धता गरेका छन् ।

डिजिटल क्षेत्रको विज्ञापनलाई व्यवस्थित, सामाजिक संजाल डिजिटल प्लेटफर्मलाई व्यवस्थित गरिने पुनले बजेट भाषणमा प्रतिबद्धता गरेका छन् ।


प्रकाशित : जेष्ठ १५, २०८१ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×