उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड बजेट

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

9 billion 28 billion budget for the Ministry of Industry, Commerce and Supply

काठमाडौँ — सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ। मंगलबार संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री  पुनले चालु आर्थिक वर्षभन्दा १८ करोड कम बजेट विनियोजन गरेको जनाएका हुन् ।

सरकारले चालु आर्थिक वर्षका लागि ९ अर्ब ४६ करोड विनियोजन गरेको थियो । त्यस्तै, २०७९/८० को लागि उद्योग वाणिज्य तथा आपूर्तितर्फ १० अर्ब ४८ करोड विनियोजन गरेको थियो ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully