काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आलु प्याज, स्याउलगायत तरकारी तथा फलफूलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको बताएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे कर खारेजीबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने बताए । त्यस्तै, मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तशुल्क दरमा भने वृद्धि गरिएको बताए ।
