कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

बजेट र मौद्रिक नीतिबाट आत्मविश्वास बढाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी बजेट र मौद्रिक नीतिबाट सर्वसाधारण र उद्योगी व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने बताएका छन् ।

बजेट र मौद्रिक नीतिबाट आत्मविश्वास बढाउनुपर्छ : अध्यक्ष ढकाल

आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनमिक सम्मिट २०२४’ को पहिलो सत्र ‘बजेटमा निजी क्षेत्रका मुद्दा, नीति निर्माताका योजना’ मा बोल्दै अध्यक्ष ढकालले कोभिड-१९ र त्यसपश्चात अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको द्वन्द्व र आर्थिक शिथिलताले नेपाल सरकारले चाहिनेभन्दा बढी कडाइ गर्दा यहाँका उद्योगी व्यवसायीको आत्मविश्वास घटेको बताएका हुन् ।

सर्वसाधारण र व्यवसायीको आत्मविश्वास घटेकै कारण बैंकमा तरलता बढेको जनाउँदै उनले आगामी बजेटमार्फत आत्मविश्वास बढाउनुपर्ने बताए । ‘कोभिडलगत्तै रिकभरी राम्रो थियो, त्यसपश्चात श्रीलंकामा संकटको कुरा आयो । यहाँ पनि संकट आउने आकलन गर्दे सरकारले चाहिन भन्दा बढी सावधानी लियो,’ अध्यक्ष ढकालले भने, ‘यसले निजी क्षेत्रलाई मात्रै समस्या पारेन, सरकारले संकलन गर्ने राजश्व पनि घट्यो । नीति तुरुन्तै परिवतन हुने डरले बैंकमा तरलता बढ्यो । सर्वसाधारण र व्यवसायीको आत्मविश्वास घटेकाले आत्मविश्वास बढाउने बजेट आउनुपर्छ ।’

कोभिड-१९, रुस-युक्रेन र इजरायल-प्यालेस्टाइन युद्धले पनि कच्चा पदार्थको मूल्य बढेको अध्यक्ष ढकालले बताए । 'नेपालको केही नीतीगतका कारणले पनि बजारमा समस्या भएको छ,’ उनले थपे, ‘यसका लागि बजेट आउँदैछ, मौद्रिक नीति पनि आउँदैछ । यहीमार्फत सर्वसाधारणको आत्मविश्वास बढाउनुपर्छ ।’

प्रकाशित : वैशाख ३०, २०८१ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x