माथिल्लो अरुणका लागि १ अर्ब र दूधकोसीका लागि ९४ करोड

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले ६ सय ३५ मेगावाट उत्पादन क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना आगामी आर्थिक वर्षबाटै कार्यान्वयनमै लैजाने भएको छ ।

आइतबार संसदमा प्रस्तुत भएको बजेट वक्तव्यअनुसार यी आयोजनाको प्रारम्भिक चरणका काम सुरु गर्न बजेट छुट्याइएको छ ।

‘माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि १ अर्ब र दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि ९४ करोड रुपैयाँ बराबर विनियोजन गरिएको छ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘जलविद्युत् आयोजना छनोट गर्दा अब कम्तीमा ५० प्रतिशत जलाशय र अर्धजलाशययुक्त आयोजना रहनेछन् ।’

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully