कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/८०

सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडिबुटीको खेती गर्न दिइने

काठमाडौँ — सरकारको स्वीकृतिमा औषधिजन्य जडिबुटीको खेती, प्रशोधन एवं निर्यातको बाटो खुल्ला भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडीबुटी खेती र निर्यातको व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडिबुटीको खेती गर्न दिइने

‘जडिबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने छ,’ बजेट प्रस्तुत गर्दै शर्माले भने, ‘सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडिबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था मिलाइने छ ।’

त्यस्तै अर्थमन्त्री शर्माले पहाडी र हिमाली जिल्लामा पाइने बहुमूल्य एवं बहुउपयोगी जडिबुटीका लागि प्रोत्साहन गरिने बताए । सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना र जडिबुटी खेतीको बिमा गरिने अर्थमन्त्री शर्माले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?