कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले गर्दा अर्थतन्त्रका प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पर्न थालेको छ : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणका कारण नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पर्न थालेको बताएका छन् । 

कोरोनाले गर्दा अर्थतन्त्रका प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पर्न थालेको छ : अर्थमन्त्री

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले कोरोनाका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा पनि गम्भीर खतरा परेको बताए ।

कोरोनाले विश्वको उत्पादन, व्यापार र लगानी श्रृंखला संकुचित भएको मन्त्री खतिवडाको भनाइ थियो । उनले भने, 'विश्वव्यापी महामारी कोरोनाका कारण विश्वले मानवीय र आर्थिक संकट सामना गरिरहेको छ । विश्वको अर्थतन्त्रमा संकुचन आइरहेको छ । उत्पादन, व्यापार र लगानी सम्मका श्रृंखला संकुचित भइरहेका छन् ।'

त्यसको प्रभाव नेपालकी अर्थतन्त्रमा गम्भीर पर्न लागेको उनले बताए । 'नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा गम्भीर प्रभाव पर्न लागेको छ,' खतिवडाले भने ।

मन्त्री खतिवडा संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?