कान्ति लोकपथ र वाग्मती पुलमा क्षति, निर्माण गर्न कम्तीमा दुई साता लाग्ने

आश्विन १५, २०८१

प्रताप विष्ट

Damage to Kanti Lokpath and Bagmati Bridge, will take at least two weeks to repair

हेटौडा — असोज ११ र  १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कान्तिलोकपथ र वाग्मती पुलमा धेरै क्षति पुगेको छ । मकवानपुर भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको वाग्मती गाउँपालिकाको वगुवास्थित वाग्मती खोलामा निर्माण गरिएको पक्की पुलमा वाग्मतीले क्षति पुर्‍याएको छ ।

 १२ वर्षअघि निर्माण गरिएको उक्त पुलको मकवानपुरतर्फको १५ दशमलव ७ मिटर स्ल्याव बगाएको छ भने पुल पुग्ने करिब ४ सय मिटर कालोपत्रे सडक वाग्मती खोलाले बगाएको छ । कालोपत्रे सडक भएको स्थानवाट वाग्मती  बगिरहेको छ । Damage to Kanti Lokpath and Bagmati Bridge, will take at least two weeks to repair

वाग्मतीले आफनो धार बदलेकाले मकवानपुरतर्फ पुल र पहुँचमार्ग बगाएको स्थानीयवासी चन्द्रलाल लामाले भने,‘१२ गते बेलुका हेदाहेर्दै पुल र सडक बगायो । बगुवामा घर भएका लामाले भने खोलाले धार नबदलेको भए यस्तो क्षति हुने थिएन । हेटौडाबाट संघीय राजधानी प्रवेश गर्ने राजमार्ग नै बाढीपहिरोले क्षतविक्षत बनाएकाले मंगलबार वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, श्रम,रोजगार यातायातमन्त्री प्रेमभक्त महर्जन, प्रजिअ तिर्थराज चिलवाल, डिआईजी कृष्णहरि शर्मालगायत डिभिजन सडक कार्यालयका प्रमुखलगायत प्राविधिकहरु मंगलबार हेटौंडा हुँदै वाग्मती पुलसम्म  पुगेका थिए । Damage to Kanti Lokpath and Bagmati Bridge, will take at least two weeks to repair

अवलोकनपश्चात डिभिजन सडक कार्यालय मकवानपुरका प्रमुख गुरु अधिकारीले खोलाको धारलाई अन्यत्र मोडेर पहुँच मार्ग र पुल पुननिर्माण गर्न सकिने बताए ।Damage to Kanti Lokpath and Bagmati Bridge, will take at least two weeks to repair

सडक र पुल पुननिर्माण गर्न कम्तिमा २ साता लाग्ने बताए । सडकका अवरोधहरु पन्छाउँदै क्षतिग्रस्त पुलको अवलोकन गर्न पुगेको यो नै पहिलो टोली हो । वाग्मती पुल हेटौंडाबाट ५० किलोमिटरको दुरीमा छ । कान्तिलोपथको मकवानपुरतर्फ खोर भन्ज्याङ र बगुवा क्षेत्रमा ठूल्ठूला पहिरो गएका छन् । त्यसलाई पन्छाउने कार्य भइरहेको छ । 

प्रताप

Link copied successfully