सिन्धुलीमा बाढीले ट्र्याक्टर बगाउँदा चालकको मृत्यु

असार २७, २०७८

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको मरिणखोलामा आएको बाढीले बगाउँदा आइतबार एक जनाको मृत्यु भएको छ ।

मरिणखोला पार गरी घर जाँदै गरेका मरिण गाउँपालिका–७ का ५० वर्षीय गंगा गोलेलाई ट्र्याक्टरसहित बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर धनीसमेत रहेका उनलाई ट्र्याक्टरसहित करिब ५० मिटर बगाएको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरीले बाढीबाट गोलेको शव चार घण्टा लगाएर निकालेका थिए ।

बगाएको ट्र्याक्टर पनि बाढी आएको खोलाबाट निकाल्ने प्रयास भइरहेको सिन्धुली प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

बाढी-पहिरो

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully