खोपका लागि अन्तर्राष्ट्रिय साझेदारलाई पत्र

जेष्ठ २४, २०७८

कान्तिपुर संवाददाता

काभ्रे — कोरोनाविरुद्धको खोपका लागि नेपाल नगरपालिका संघले आफ्ना अन्तर्राष्ट्रिय साझेदारलाई पत्र लेखेको छ ।

संघले नेपालस्थित अमेरिकी दूतावास, युरोपेली संघ, स्विस दूतावास, बेलायत, क्यानडा, नेदरल्यान्ड्स, जर्मनीका नगरपालिका संघलगायत अन्य साझेदारलाई पत्र लेखेर संघको सदस्य रहेका नगरपालिकालाई खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

‘प्रधानमन्त्री, राष्ट्रपति नै लागिपरेको अवस्थामा खोप सामान्य पहलबाट आउन सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि आफैं खोप खरिद गर्न चाहने नगरपालिकाका लागि पत्राचार गरेका हौं,’ संघका अध्यक्षसमेत रहेका धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले भने, ‘धेरै पालिकाले एकल प्रयास पनि गर्नुभएको छ, पालिकाहरूको अनुरोधमा संघले सामूहिक प्रयास गरेको हो ।’

संघले लेखेको पत्रमा कोरोना संक्रमणको दीर्घकालीन समाधान खोप नै भएको उल्लेख गर्दै नेपालमा बढ्दो संक्रमण र डरका कारण खोपको मागसमेत बढेको दाबी गरिएको छ । खोप उपलब्ध गराउन स्थानीय सरकारहरूलाई चर्को दबाब रहेको भन्दै त्यसमा सघाउन संघले अनुरोध गरेको छ ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully