कोरोनाबाट धादिङकी महिलाको मृत्यु

कार्तिक २०, २०७७

धादिङ

धादिङ — दुवै मृगौला फेल भएर उपचार गर्न गएकी गजुरी गाउँकार्यपालिका सदस्य ४० वर्षीय मन्जु सार्कीको बिहीबार मृत्यु भएको छ ।

विगत लामो समयदेखि दुवै मृगौलाको उपचार गराइरहेकी सार्कीको मनमोहन शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । 

सार्कीको निधनप्रति गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले शोक वक्तव्य प्रकाशित गर्दै शुक्रबार गाउँपालिका बन्द रहने जनाएका छन् । 

कोरोना भाइरस

धादिङ

Link copied successfully