धादिङमा थप २३ जनामा कोरोना, संक्रमितको संख्या ८१ पुग्यो

जेष्ठ ३२, २०७७

हरिहरसिंह राठौर

धादिङ — धादिङको नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंका निर्देशक डा. सागरराज भण्डारीका अनुसार संक्रमितमध्ये ५ जना महिला र १८ जना पुरुष रहेका छन्  ।

संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।

संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नम्बर १ का २४, २६, ३५ वर्षीया महिला र २६,३२,२९ वर्षीय पुरुष गरी ६ जना, वडा नम्बर ४ का २३ वर्षीय पुरुष, वडा नम्बर ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नम्बर १४ का ३२, ३५ वर्षीया महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् ।

क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ आएकाहरुको गत जेठ २९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणमा  कोरोना संक्रमण पुष्टि भएको हो । नीलकण्ठ नगरपालिकामा मात्रै  संक्रमित संख्या ३८ पुगेको छ 

योसँगै धादिङमा संक्रमितको संख्या ८१ पुगेको छ । संक्रमित देखिएकामध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् । संक्रमितहरुलाई स्थानीय तहहरुले आफ्नै आइसोलेसनमा राखेका छन् ।

कोरोना भाइरस

हरिहरसिंह

Link copied successfully